आजदेखि स्वस्थानी व्रत कथा शुरू,शालीनदीमा व्रतालु एवं भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत शुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । 

null

स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि शुरू भएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरुष र सात जना पूजारीगरी दुई सयभन्दा बढी  व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । व्रतालुको यकिन आज अपराह्नसम्म हुने जनाइएको छ ।

khadya

null
 ‘चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,’ उनले भने । व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग  बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।

null
null
null
null
null
null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार