अछामका पूर्वमन्त्री शाहका पिताको १ सय ३ वर्षमा निधन

काठमाडौं: पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ। उनको शनिबार बिहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो।

विक्रम सम्वत १९८१ साल असोज दशै टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७ ) जन्मिएका शाह बुढानिलकण्ठस्थित छोराहरुसँग बस्दै आएका थिए। 

SHIKHAR COOL TECH

नेपाली कांग्रेसको एक योद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी थिए। कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलाशखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेका थिए। 

उनी वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लागेका थिए। कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी छन्।

साइला छोरा गोविन्दबहादुर शाह अछामका पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुन् भने साइला छोरा राजेन्द्रबहादुर शाह उद्योगव्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव हुन्। जेठो छोरा मोहनबहादुर शाह अवकास प्राप्त राष्ट्रसेवक हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार