साल्ट ट्रेडिङका शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश

काठमाडौं : देशकै ठूलामध्ये एक व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बराबर नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले लाभांश वितरण निर्णय गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भइरहेको कर्पोरेशनको चुक्ता पुँजी हाल ३२ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०८०/०८१ मा को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने तीन करोड २० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

khadya

एसटीसीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७९/०८० मा १५ प्रतिशत बोनस शेयर र २०७८/०७९ मा पाँच प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पनि शेयरधनीले १० प्रतिशत नगद लाभांश प्राप्त गरेका थिए ।

६१ वर्षअघि सन्‌ १९६३ मा नुन वितरण गर्न स्थापित कर्पोरेशनले हाल दैनिक उपभोग्य सामग्री, कागज, ग्यास, कोइला, सिमेन्ट र रासायनिक मल बिक्री-वितरण गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार