एमाले नेता अनिल पोखरेल एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं : नेकपा एमालेका नेता अनिल पोखरेल पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका-२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पोखरेल आज विराटनगरबाट पक्राउ परेका हुन्।

उनले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ। मोरङ जिल्ला कमिटी सदस्य रहेका उनले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए।

Galaxy

ठगीको घटना सार्वजनिक भएपछि उनी प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवबाट हटाइएका थिए। सहकारी ठगी आरोपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन्। बुधबार नै उनी जिल्ला अदालत मोरङको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार