सीके राउतले भने, दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन

भक्तराज जोशी

काठमाडौँ- जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले दुई दलीय तानाशाही अस्वीकार्य रहेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले साना दललाई मास्ने गरी निर्वाचन कानुन ल्याउन लागेको विषयमा राउतको यस्तो प्रतिक्रिया आएको हो।

समानुपातिक सिट प्राप्तिका लागि राजनीतिक दलले प्रतिनिधिसभामा सदर मतको कम्तीमा पाँच प्रतिशत र प्रदेशसभामा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राखेर सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ।

SHIKHAR COOL TECH

राउतले नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्नेमा जोड दिएकमा छन्।

त्यसविपरीत ६-७ लाख गर्दै दसौँ लाख (३०-४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र सो हिस्सा चोर बाटोले ठूला पार्टीमा जोड्ने निर्वाचन थ्रिसोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन नसक्ने राउतको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी संघर्षका लागि तयार छौँ। दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार