माओवादी नेताहरूले ठूला-ठूला महल कसरी बनाए भन्नेबारे छानबिन गर्न तयार छौं : जनार्दन शर्मा

काठमाडौं :नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले पार्टीका नेताहरु रुपान्तरण हुन तयार भएको बताएका छन् । उनले पार्टीभित्र आर्थिक पारदर्शीता पहिलो प्राथमिकताका साथ आएकोले सबै नेताहरु सच्चिनको लागि तयार हुनुपर्नेमा जोड दिए ।

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको “नेपाली बहस” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेताहरुको सम्पत्ति छानबिन गर्ने र कुन कुन नेताले कसरी ठूला महल बनाएर भन्नेबारे पनि छानबिन गरिने घोषणा गरे । उनले माओवादी नसच्चिए देश ठीक नहुनेपनि दाबी गरे ।

khadya

उनले अहिले माओवादी सरकारमा नजाने निर्णय भएको पनि सुनाए । उनले भने,‘अहिले हामीले सरकारतर्फ नजर नडुलाउने भनिएको छ । फेरि सरकार ढाल्ने, गठबन्धन बनाउन चलखेल गर्नेतर्फ लाग्ने होईन । अब पहिले आफूलाई सच्याउने, अनि जनतासँग सहकार्य गर्ने, जनतालाई सोध्ने र जनताले भनेअनुसार जाने भन्ने हाम्रो संकल्प छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार