धनगढीमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु

धनगढी : धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । प्रतियोगितामा एक हजार १ सय ५३ जना विद्यार्थी खेलाडीको सहभागीता हुने भएको छ ।

मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै धनगढी उपमहानगरकी नगर उप–प्रमुख कन्दकलाकुमारी रानाले १५ औं राष्ट्रपति रनिङ शिल्ड पुस २४ देखि २८ गतेसम्म धनगढी रङ्गशालामा आयोजना गरिने जानकारी दिइन् ।

khadya

यो पटक प्रतियोगितामा २६ सामुदायिक विद्यालयबाट ८४० जना र संस्थागत १५ विद्यालयबाट ३१३ जना खेलाडी विद्यार्थी सहभागी हुने उनको भनाइ छ । उपप्रमुख रानाले भने, “६ वटा विधाको ५२ वटा इभेन्टमा खेलहरु खेलाइने छन् । यो पटक भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट, तेक्वान्दो र उसुतर्फका प्रतियोगिता छनोट भएका छन् ।

प्रत्यक विधामा छात्र र छात्राको अलग–अलग प्रतिस्पर्धा रहने छ ।” यो पटक राष्ट्रपति रनिङ शिल्डका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट आठ लाख बजेट विनियोजन गरेको उपप्रमुख रानाले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार