विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरे : सचिव भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश र्ईन्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन । 

सामाजिक सञ्जालमा भट्टसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर अनावश्यक प्रचार गरिएको भन्दै भट्टले कुप्रचार गरेर आम नागरिकलाई भ्रममा पार्न खोजिको बताउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेका छन् । ्पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा एमालेका सचिव भट्टसहितका ४६ जनाले एमाले छाडेको भन्दै स्टाटस लेखेपछि उनले कुप्रचार गर्नेहरुको विश्वासमा परेर भ्रममा नपर्न आग्रह गरेका हुन् ।

khadya

‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी थिए तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यु भनेर कुप्रचार गरेको कुुरा अबेर साझ निवासमा पुगेपछि थाहा पाए, ’ भट्टले भने, ‘यो सबै कुरा भ्रम हो । राजनीतिक अन्तर विरोध हाल्दै राजनितीक चरित्र हत्या गर्न खोज्नेहरुले कुप्रचार गरेको देखियो । मुूलतः विचारमा पराजय भोगेपछि यी खालका हतकण्डा अपनाएको देखिन्छ ।

भ्रममा नपर्न सम्पूर्णलाई आग्रह गर्दछु ।’ उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाईरहेका छन । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’ सचिव भट्टले भने ।

पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सविच भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए । उक्त स्टाटसपछि माओवादी कार्यकर्ताहरुले पनि सचिव भट्टले पार्टी छाडेको भन्दै पोस्टहरु हालेको देखिन्छ । माओवादीकी महिला नेता दुर्गा जोशी भट्टले पनि भट्टको जनयुद्धकालिन तस्बिर सहित ‘फाईनल्ली लेखराज भट्टले एमाले छाडेका छन’ भनेर स्टाटस लेखेकी थिइन् ।

के हो विवादको शृङखला ?

सोमबार मात्र एमाले सचिव भट्टको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुले पार्टी छाडेको भन्दै एउटा विज्ञप्ती सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त विज्ञप्तीमा भट्टको निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिकाकी नगर कमिटि सदस्य कल्पना कुमारी बिक र उनका श्रीमान समेत रहेका पूर्व नगर कमिटि सचिवालय सदस्य रुपलाल बिकसहितका ४६ जनाको हस्ताक्षर थियो । 

सोही विषयलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा लेखराज भट्टसहितका पूर्व माओवादीले एमाले परित्याग गरेको भन्दै प्रचार गरिएको थियो । तर, मंगलबार पार्टी परित्या गरेको भनेर सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख सेतु दमाईसहितका २८ जनाले विज्ञप्ति जारी गर्दै नगर कमिटि सदस्य बिक र उनका श्रीमा रुपलालले जारी गरेको विज्ञप्तीमा सत्यता नभएको बताएका छन् ।

्उनीहरुले आफूहरु एमालेमै क्रियाशिल भएको कुरा जारी विज्ञप्तीमा लेखेका छन् । यो विषयलाई लिएर नै एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्टले पार्टी परित्याग गरेको भन्दै प्रचार गरेको देखिएको एमालेले जनाएको छ । सोही कारण भट्टको सचिवालयले समेत यो कुरा कुप्रचार मात्र गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार