रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । सहकारी सम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्न बैठक सुरु भएको हो ।

स्वयम्भू स्थित स्टार बाङ्क्वेटमा सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन आज (शनिबार) सहकारीसम्बन्धी अध्यादेश र संसद्मा प्रस्तुत विधेयकहरूमाथि पार्टीको धारणा तय गर्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । स्थानीय तह उपनिर्वाचनको समीक्षा, समसामयिक राजनीति र पार्टीको संगठनात्मक संरचना सबलीकरणलगायतका विषयमा छलफल हुनेछ ।

khadya

दोस्रो दिन भोली (आइतबार) संविधान संशोधनका मुद्दामा विशेष छलफल गर्ने कार्यसूची छ । त्यस्तै, पार्टीको आगामी रणनीति र कार्यक्रम तालिका तय गर्न सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा विस्तृत समीक्षा गरिने छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा लागेको कारण कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्याललाई दिइएको छ । लामिछानेले मुद्दाका कारण आफ्नो जिम्मेवारी अर्याललाई हस्तान्तरण गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार