मसुरोको कट्टा भित्र सल्फास हाली कैलाली कारागार पुगेपछि ……

धनगढी: कैलाली कारागारमा फेरि सल्फास पठाउने प्रयास भएको छ। कारागार सुरक्षामा रहेको नेपाल प्रहरीले चेकजाँचका क्रममा सल्फास फेला पारेको हो।
जिल्ला कारागार कैलालीले नियमित आउने खाद्यमा शङ्कास्पद बस्तु फेला पारेको बताएको छ। जिल्ला कारागारमा रहेका कैदीहरुका लागि आउने खाद्यान्नमा सल्फास भेटिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त विषयमा अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले मसुरोको दालको कट्टाभित्र सल्फास भेटिएको बताए।
खाद्यान्न ल्याउन व्यक्तिले घुन–किराका लागि सल्फाल हालेको हुन सक्ने प्रहरीमा बयान दिएका छन। तर, कारागारको सुरक्षामा रहेको प्रहरीले मसुरोको दालको कट्टामा सल्फास भेटाएको हो। मसुरोको दानाहरूबाट दाल बनाइएकोमा कट्टामा सल्फाल भेटिएको छ।

कारागार कार्यालय, कैलालीका प्रमुख सन्देश जोशीले नियमित चेकजाँचका क्रममा प्रहरीले संकास्पथ बस्तु फेला पारेको बताए। उनले भने, कारागारमा नियमित आउने खाद्यमा हामीले चेकजाँच गर्दा खेरी केही शङ्कास्पद चिज फेला पारेका छौ। त्यो शङ्कास्पद चिजको अनुसन्धानको क्रममा छौ। जिल्ला प्रहरीले अनुसन्धान गर्दै छ।
मेसमा ल्याउनु भन्दा पहिला सुरक्षाले चेकजाँच गर्छ। अखाद्य, ऐनले निषेध गरेका चिजहरू, विषादीहरू, लागुऔषधी भित्र ल्याउन पाइदैन। त्यही चेकजाँचका क्रममा फेला परेको हो। उक्त विषयमा अनुसन्धान गर्दै छ।’ कारागार कार्यालय, कैलालीले उक्त वस्तुको प्रयोगशाला परीक्षण गर्ने बताएको छ।

Seti Hospital

कारागार भित्र विष सेवन गरेका २३ वर्षीय दीपक विकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। कारागारको शौचालयमा ढलेको अवस्थामा फेला परेका दीपकको २०८१ भदौ ३१ गते मृत्यु भएको थियो। उनकी प्रेमिका १४ वर्षीया किशोरीले अचारको बट्टामा कारागार भित्र पठाएको विष दीपकले सेवन गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार