ओलीलाई लक्षित गर्दै थापाले भने : पार्टीमा बहस बन्द गर्नु स्वीकार्य हुँदैन !

धनगढी : नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीका तीन नेतामाथि भएको कारबाहीको आलोचना गरेका छन्। थापाले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीमा स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणको शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका हुन्। 

‘स्वस्थ राजनीतिक, वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता-कार्यकर्ताको धर्म हो। तोकिएको विधिबमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिँदैन’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

SHIKHAR COOL TECH

पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष डा भीम रावललाई पार्टीबाटै निष्काशन, स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि ६ महिना पाँच महिना निलम्बन गरेको थियो। थापा एमालेमा हालै निष्काशनमा परेका नेता भीम रावलनिटक मानिन्छन्थे। उनले अराजकता र अनुशासनहीनता कतै स्वीकार्य नहुने पनि बताएका छन्।

‘अराजकता र अनुशासनहीनता पनि कहीँ स्वीकार्य हुँदैन। विचार र विश्लेषणको शृंखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्यु हुन्छ। विचारमा आधारित भएर राजनीतिक बहस गरौँ,’ उनले भनेका छन्,’सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई वैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ। एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ। असभ्यताको प्रदर्शन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुँदैन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार