कैलालीको १३ वटै पालिकामा माओवादीको नयाँ कार्य समिति चयन

धनगढी : नेकपा (माओवादी केन्द्र) ले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्य समिति चयन गरेको छ । सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो ।

नेकपा (माओवादी) पार्टीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा भएको थियो । यसैगरी, गोदावरी नगर कार्य समिति अध्यक्षमा तिलक चौधरी चयन भएका छन ।

SHIKHAR COOL TECH

त्यस्तै, गौरीगंगा नगर कार्य समिति अध्यक्षमा राजकुमार थारु ‘ताजेन्द्र’, घोडाघोडी नगर कार्य समिति अध्यक्षमा कर्ण बोहरा ‘बिगुल’, लम्कीचुहा नगर कार्य समिति अध्यक्षमा कमलबहादुर भुल ‘सुरेश’ निर्वाचित भएका जनाइएको छ ।

टीकापुर नगर कार्य समिति अध्यक्षमा धनसिंह साउँद, भजनी नगर कार्य समिति अध्यक्षमा जगत विक, मोहन्याल गाउँ कमिटी अध्यक्षमा देवीदत्त उपाध्यया ‘हिमशिखर’, कैलारी गाउँ कमिटी अध्यक्षमा बतासु थारु ‘अभिषेक’, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा रामकृष्ण डंगौरा थारु ‘रन्जित’ चयन भएको जनाइएको छ ।

यसैगरी, जानकी गाउँ कमिटी अध्यक्षमा कृष्ण सोडारी, चुरे गाउँ कमिटी अध्यक्षमा ठाडा मगर र जोशीपुर गाउँ कमिटी अध्यक्षमा दीर्घ विनाडी निर्वाचित हुनुभएको छ ।

प्रत्येक पालिकामा भएको दोस्रो सम्मेलनले १३ वटै स्थानीय तहमा नयाँ कार्य समिति चयन गरेको सो पार्टीका रेबन्त बोहराले जानकारी दिए । पालिकास्तरीय सम्मेलन अघि माओवादी केन्द्रले हरेक पालिकाको प्रत्येक वडामा वडास्तरीय सम्मेलन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार