मधेसका ११ परीक्षा केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित


काठमाडौं । मधेस प्रदेशका ११ परीक्षा केन्द्रमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । 

त्रिविको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) अन्तर्गत ‘एमकेटी ५११ः मार्केटिङ म्यानेजमेन्ट’ विषयको परीक्षा स्थगित भएको हो । डीनको कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार आज (साउन १५ गते) सञ्चालन हुने तय भएको उक्त विषयको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो । 

स्थगित परीक्षाको नयाँ मिति तथा समय तत्काल सार्वजनिक गरिने सूचनामा उल्लेख छ । डीनको कार्यालयका अनुसार यी ११ परीक्षा केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार नियमित रूपमा परीक्षा सञ्चालन हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार