सुनसरी घटनाबारे गृहमन्त्रीलाई नेकपाको प्रश्न– त्यो पनि स्थानीय तहलाई जिम्मा दिने कि आफूले लिने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी घटनामा गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गोपाल शर्माले कप्तानगन्ज घटनाबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? न संसद्लाई जानकारी छ, न कसैलाई जानकारी छ। उल्टो गृहमन्त्रीज्यूले धम्की दिँदै भन्नुहुन्छ कसैलाई यो गृहमन्त्री चाहिएको छ भने लैजाऊ’ भनेर सार्वजनिक रूपले भन्न भ्याउनुहुन्छ।’

उनले सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरे।

उनले थपे, ‘सुनसरीको कप्तानगन्जमा ओमप्रकाश मेहताको हत्या, गृहमन्त्रीले त्यहाँको स्थानीय तहलाई जिम्मा दिनुहुने हो कि नेपाल प्रहरीले गरेको जिम्मा आफूले लिनुहुने हो?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार