काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनामा गोली कसले चलायो भन्दै सुरक्षा निकायका प्रमुखहरूलाई सोधेको खुलेको छ । सुनसरीमा उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका थिए ।
उक्त ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले ‘गोली कसरी चल्यो ?’ भन्दै प्रश्न सोधेको तर सुरक्षा प्रमुखहरुले कुनै जवाफ नदिएको बताइन्छ । प्रधानमन्त्री शाहले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, आईजी नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ। उक्त समयमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्