कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षण दिने

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण काठमाडौंमा सञ्चालन गर्ने भएको छ।

प्रतिष्ठानको साउन १० र ११ गते बसेको छैटौँ बैठकले साउन १५, १६ र १७ गते प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो।

पहिलो चरणमा ४० जना युवालाई प्रशिक्षणमा सहभागी गराइने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षणमा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान, प्राविधिक सीप तथा व्यावहारिक अभ्यास गराइनेछ।

प्राकृतिक विपद्का क्षेत्रमा स्वदेश तथा विदेशमा लामो समयदेखि कार्यरत विषयविज्ञहरूले प्रशिक्षण दिने प्रतिष्ठानले जनाएको छ।

यस प्रशिक्षणबाट विपद् सचेतनादेखि प्रतिकार्यसम्म प्रभावकारी रूपमा परिचालन हुन सक्ने दक्ष युवाशक्ति तयार हुने विश्वास कांग्रेसले लिएको छ।

साथै, आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ अवधारणाअनुसार कार्यक्रम विस्तार गर्ने योजना प्रतिष्ठानको छ ।

null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार