प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन् ।

अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह  गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

प्रवासी नेपाली मुलुकका सद्भावनादूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका वर्तमान सरकार लागिपरेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्वलगायत उद्योगमैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे । लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीले स्पष्ट  पारे ।

अर्थमन्त्रीले भने, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार