कैलालीबाट लागूऔषधसहित ४ जना नियन्त्रणमा

धनगढी: कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना १७ वर्षीय किशोर समेत रहेका छन्।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट २९ वर्षीय सबिन रावललाई २९० मिलिग्राम खैरो हेरोइनसहित शनिबार दिउँसो पक्राउ गरिएको हो। लागूऔषध सेवन गरेर हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीबाट लागूऔषध बरामद भएको जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकमा गरिएको चेकजाँचका क्रममा २ ग्राम ६७१ मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा धनगढी–८ का १७ वर्षीय किशोर र गौरीगंगा नगरपालिका–१ घर भई हाल धनगढी–७ मा डेरा गरी बस्दै आएका २५ वर्षीय मायाराम चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शंकास्पद अवस्थामा फेला पारेपछि उनीहरूको खानतलासी गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

यसैबीच, धनगढी उपमहानगरपालिका–७ स्थित मोती चोकबाट कैलारी गाउँपालिका–४ निवासी २५ वर्षीय अर्जुन चौधरीलाई १९८ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। गएराति शंकास्पद रूपमा हिँडिरहेका उनलाई प्रहरीले चेकजाँच गर्दा लागूऔषध फेला परेको जनाएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार