पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

१० साउन, काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो ।

लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।

खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार