अर्घाखाँचीमा बाँदर धपाउन २० ‘हेरालु’ भर्ना गरिँदै, तलब साढे १२ हजार

अर्घाखाँचीमा बाँदर आतंक नियन्त्रण र कृषि बालीको संरक्षणका लागि डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने भएको छ । 

डिभिजन वन कार्यालय अर्घाखाँचीले साउन ६ गते प्रथम पटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।

वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण र बाँदर व्यवस्थापनका लागि यो कदम चालिएको हो ।

पद:बाँदर हेरालु
आवश्यक संख्या: २० जना 
काम गर्ने अवधि:२०८३ साउन १० गतेदेखि २०८३ असोज १० गतेसम्म
मासिक पारिश्रमिक: १२,५००/- 
दरखास्त दिने म्याद:सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र कार्यालय समयसम्म।
न्यूनतम योग्यता 
१. सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने।
२. उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने।
३. वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने।
४. सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा सोही प्रकृतिको कार्यमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ।

नियुक्त हुने बाँदर हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकहरूलाई समयमै सूचना दिने तथा आवश्यक समन्वय गर्नुपर्ने छ । बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा तथा कार्यालयमा जानकारी गराउने र बाँदरलाई मानवीय तथा वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने जिम्मेवारी दिइने छ । 

आवश्यक कागजात:निवेदन, अनुभव भए सो खुल्ने प्रमाणपत्र तथा विगतमा बाँदरको क्षतिको विवरण सहितको वडाको सिफारिस पत्र पेश गर्नुपर्नेछ।

छनोट प्रक्रिया: प्रभावित क्षेत्रहरूबाट प्राप्त दरखास्तको मूल्याङ्कन गरी छनोट भएका व्यक्तिहरूलाई २६ स्थानका अति प्रभावित क्षेत्रमा खटाइनेछ।

null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार