भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएर सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की छन् ।

साउन ४ मा बिहान विश्वकपको फाइनल खेल हेर्न राज कार्की आफ्ना साथीहरूसँग सूर्यबिनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा पुगेका थिए । फुटबल हेर्ने क्रममा थ्री इडिएट्स होटेलमा विवाद हुँदा कुटाकुट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोमबार नै  मध्यपुर अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

समूहमा खाएर बसिरहेको बेलामा विवाद भएको र त्यसपछि ३–४ वटा समूहको बिचमा कुटाकुट भएको थियो । घटनाबारे प्रहरीले ३० जनासँग सोधपुछ गरेको छ । अहिलेसम्म हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् ।

मृतक कार्कीको शव पोष्टमर्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । उनको शरीरमा चोटपटक देखिएको छैन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार