नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेशमा कांग्रेसमा प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । जनताको अभिमतभन्दा बाहिर गएर मुख्य दलहरू सरकारकै रहनुपर्छ भन्ने मान्यता कांग्रेसले नराख्ने उनले बताए ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले बलियो प्रतिपक्ष पनि कायम हुनुपर्छ भन्ने मान्यतामा आफूहरू सचेत रहेको बताए । यद्यपि अन्य दलहरूसँगको सहमतिको विषयलाई पनि कांग्रेसले अन्यथा नसोच्ने उनले बताए ।




प्रतिक्रिया दिनुहोस्