सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन सरकारको अन्तिम आह्वान

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगअन्तर्गत भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै अन्तिमपटक निवेदन माग गरेको हाे ।

जग्गा प्राप्त गर्न बाँकी रहेका भूमिहीन दलित र सुकुम्बासी तथा बसोबास व्यवस्थापन हुन नसकेका अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र निवेदन दिन आग्रह गरेको हो ।

समितिद्वारा प्रकाशित सूचनाअनुसार तोकिएका स्थानीय तहभित्रका योग्य नागरिकले समितिले निर्धारण गरेको ढाँचामा निवेदन फाराम भरी ४ साउनदेखि ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।

निवेदन स्थानीय तहअन्तर्गत वडामा तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत बुझाउन सकिने समितिले जनाएको छ ।

हेर्नुहोस् सूचना :

Notice-bhumi-1784527526.jpeg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार