हामी सिद्धिएको होइन, नयाँ शैलीले अघि बढ्छौँ : ओली

काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट अघि बढ्ने बताएका छन् । शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले थुप्रै कुरामा नवीकृत भएर अघि बढ्ने बताए ।

“हामी नयाँ शैली र परिपार्टीले अघि बढ्छौँ । हामीले धक्का खाएको छौँ, सिद्धिएको होइन,” ओलीले भने । उनले एमालेलाई एक्लाउने प्रयास अहिले पनि अघि बढिरहेको दाबी गरे । उनले एमाले आफ्नो स्वतन्त्र हैसियत भएको पार्टी भएको बताए । 

“हामी यस्तो लहरो होइनौँ, जसले अर्कोलाई नसमाती उठ्न सक्दैन । हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ,” उनले भने, “हामी अरुको बलमा नभएर आफ्नै बलमा उम्रँदै, हुर्कंदै अनेक कुराको सामना गरेर आएका छौँ ।”
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार