सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक आज, सत्ता समीकरणबारे छलफल हुने

३१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री शाहले चालु बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए । तर उक्त प्रस्ताव नेकपाले अस्वीकार गरेको थियो ।

यद्यपि दुवै पक्षका नेताबीच सत्ता समीकरणबारे अनौपचारिक छलफल भने जारी छ ।

यसअघि एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । सोही विषयलाई लिएर कांग्रेस र एमालेबीचको विवाद चर्किएपछि दुवै दलको सत्ता सहकार्य अन्त्य भएको हो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

यदि निर्धारित समयभित्र बजेट पारित हुन नसके र सरकारले पेश्की बजेटसमेत ल्याउन नसके प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना हुने जोखिम रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार