वालेन्द्र शाह ‘नेपाली हिटलर’ बन्न खोज्दैछन् : महन्थ ठाकुर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाह तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता ठाकुरले वर्षौँदेखि संगठित संस्थालाई खारेज गरेर प्रधानमन्त्री शाह तानाशाह बन्न खोजेको आरोप लगाएका हुन्।

ठाकुरले प्रधानमन्त्री शाहलाई ‘नेपाली हिटलर’ को संज्ञा दिए।

‘ट्रेड युनियन खारेज गर्नुभयो, विद्यार्थी युनियन खारेज गर्नुभयो, वर्षौँदेखि संगठित संस्थालाई प्रधानमन्त्रीले हेर्न चाहनुभएको छैन,’ उनले भने,‘यी संस्थाहरूमाथि आक्रमण गरेर के गर्न खोजेको हो थाहा भएन, के भनौँ उहाँलाई नेपाली डिक्टेटर, नेपाली हिटलर भइसक्नु भएको छ। उहाँले जे बोल्नु हुन्छ त्यही ठीक, जे गर्नुहुन्छ, त्यही कानुन।’

ठाकुरले प्रधानमन्त्री शाह नेतृत्वको सरकार ‘ननफङ्स्निङ’ रहेको आरोप लगाए। नागरिकलाई दिएको आश्वासन पूरा गर्ने अवस्थामा सरकार नरहेको उनको दाबी छ।ठाकुरले आफैँले बाँडेको आश्वासन पूरा गर्न नसक्दा जनतामा निराशा उत्पन्न भएको जिकिर गरे।

‘जति पनि आश्वासन दिएको पूरा गर्न सक्दैन, जसले देशमा निराशा छ, आत्महत्या बढ्दै गएको छ,’ उनले भने,‘व्यवसायीहरू पलायनको अवस्थामा छन्, आर्थिक अवस्था मात्रै होइन नेपालको सबै सूचकांक खस्किँदै गएको छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार