यातायात सर्भर लगातार दोस्रो दिन पनि चलेन, मर्कामा सेवाग्राही

३० असार, काठमाडौं । यातायात सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । जसले गर्दा देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको छ ।

यातायात व्यवस्था विभागले आर्थिक वर्ष अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरुद्ध भएको दाबी गरेको छ । यातायात कार्यालयहरूका अनुसार आज अपराह्नसम्म सर्भर चलेको छैन ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आज सवारी चालक अनुमतिपत्र प्रणाली अवरुद्ध भएको जानकारी गराएको छ । कार्यालयले सोमबार सूचना निकाल्दै ‘ईडीएल’ र ‘भीआरएस’ प्रणाली अवरुद्ध भएको जनाएको थियो ।

सेवा अवरुद्ध हुँदा लाइसेन्स वितरण र दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण बाहेक सम्पूर्ण सेवा अर्को सूचना नभएसम्म लागि स्थगित भएका छन् ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले समेत सर्भर डाउनका कारण सेवा अवरुद्ध भएको जानकारी दिएको छ । उपत्यका बाहिर समेत कार्यालयहरूले सर्भर डाउनका कारण काम अवरुद्ध भएको जानकारी गराएका छन् ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय चाबहिलले समेत सर्भर समस्याका कारण लिखित तथा ट्रायल परीक्षा र लाइसेन्स वितरण बाहेक सबैका सेवा अवरुद्ध भएको जनाएको छ ।

उता, यातायात व्यवस्था कार्यालय विराटनगरले कार्यालयका सेवा असार मसान्तसम्म स्थगित गरेको सूचना जारी गरेको छ ।

कार्यालयका अनुसार लाइसेन्स सम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखित परीक्षा र प्रयोगात्मक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको छ ।

यस्तै यातायात व्यवस्था कार्यालय सुनसरीले समेत सर्भर डाउन हुँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा स्थगित भएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार