प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानका गम्भीर धक्का लागेको छ : एमाले

काठमाडौं : नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदबाट दिएको सीमासम्बन्धी अभिव्यक्तिले नेपाली राष्ट्रिय स्वाभिमानमा गम्भिर धक्का लागेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण नेपालको मिचिएको भूमि फिर्ता लिने प्रयासमा गम्भीर धक्का लागेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतले कालापानीको अवस्थालाई ओझेलमा पार्न खोजेको टिप्पणी गर्दै यो परिस्थितिको प्रधानमन्त्रीको अभिव्यक्तिबाट सुरु भएको बताए । उनले प्रतिपक्षीले यतिलामो समयदेखि प्रधानमन्त्री सदनमा आएर आफ्नो अभिव्यक्तिप्रति माफी माग्नु पर्ने र संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखे पनि अझै सुनुवाइ हुन नसकेको बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार