एक सातामै आत्मदाह प्रयासपछि ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो एक सातामा आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

बुद्धनगरका ४५ वर्षीय आश्विन राउत र मुगुका गणेश नेपालीको वीर अस्पतालमा तथा सर्लाहीका विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो ।

तीनै जनाको शरीरमा गम्भीर जलन भएका कारण उपचारका क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार देशभरका स्वास्थ्य संस्थामा हालसम्म ३७ हजार ४३८ जना जलनका बिरामी दर्ता भएका छन् ।

जलन उपचारका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव अझै गम्भीर चुनौती बनेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार