बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

सोही नगरपालिका वडा नम्बर-१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको हो । घाँस काट्न गएको बेला लडेका दानीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

त्यस्तै बडीमालिका नगरपालिका वडा.नम्बर ६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया जसना खड्काको समेत भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर उनको मृत्यु जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साथै बडीमालिका नगरपालिका २ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार