धनगढीका युवायुवती भारतको पलियामा लागूऔषध सेवन गर्न जाने गरेको खुलासा 

धनगढीः भारतको पलिया क्षेत्रमा नेपाली लागूपदार्थ सेवनकर्ताहरूको गतिविधि बढ्दै गएको छ। सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको एउटा भिडियोमा एक नेपाली युवती र केही युवाहरू उखुको खेतमा लागूपदार्थ सेवन गरिरहेको देखिन्छ।

स्थानीय स्रोतका अनुसार पलियामा ब्राउन सुगर, स्म्याक तथा मेडिकल नशाको अवैध कारोबार खुलेआम भइरहेको छ। केही दिनअघि पलिया प्रहरीले ठूलो कारबाही गरे पनि केही समय नबित्दै अवस्था फेरि उस्तै भएको बताइएको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा निकै फैलिएको एक भिडियोमा धनगढी घर बताउने एक युवती ब्राउन सुगर सेवन गरिरहेको देखिएकी छन्। उनी केही युवासँगै उखुको खेतमा ब्राउन सुगर सेवन गरिरहेकी देखिएकी छन्।

ती युवती धनगढीबाट बन्टी नाम गरेका भारतीय केटासँग पलिया गएको सम्वादमा खुलेको छ। उनी आफूसँग पैसा नभएको र गोली खाएको बताएकी छन्। धनगढीको भन्सार क्षेत्रमा बस्ने बताउने ती युवतीसँगै देखिएका युवाहरू अश्लील कुराकानी गरेको सुनिन्छ।

चिन्ताजनक कुरा के छ भने, प्रहरी क्षेत्राधिकारी पलियाको कार्यालयबाट केही कदमकै दूरीमा नेपाली युवक–युवतीहरू लड्खडाउँदै हिँडिरहेको देख्न सकिन्छ। यसले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको स्थानीयले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार