साउनका लागि बैंकहरुले ब्याजदर घटाए

काठमाण्डौ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ ।पौडेलले गएको शुक्रवार आउँदो वर्ष २०८२र८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो ।नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् ।

सबैजसो बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा घटाएका छन् ।कृषि विकास बैंकले ५ दशमलव ४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५ दशमलव ४० प्रतिशत दिने भएको छ ।

Seti Hospital

एभरेस्ट बैंकले असारमा ६ दशमलव ५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनमा ६ दशमलव २५ प्रतिशत दिनेछ ।यस्तै अर्को ठूलो बैंक नेपाल बैंकले ५ दशमलव ४५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनका लागि ५ दशमलव ४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५ दशमलव ७५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत ब्याजदर दिनेछ ।

त्यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा साउन पनि त्यही नै लागू गर्नेछ । एनआईसी एशियाले असारको तुलनामा ब्याजदर घटाएको छ । असारमा उसले ६ दशमलव ५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा ६ दशमलव २५ मात्रै ब्याज दिनेछ ।यस्तै प्रभु बैंकले ब्याजदर धेरै घटाएको छ । असारमा मुद्दती निक्षेपतर्फ ६ दशमलव १० प्रतिशत ब्याज दिने गरेकोमा प्रभुले साउनमा ४ दशमलव २५ प्रतिशत मात्रै ब्याज दिनेछ ।

स्टान्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६ दशमलव २५ ब्याज दिँदै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६ दशमलव २६ प्रतिशत ब्याज दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ। नबिल बैंकले पनि ब्याजदर घटाएको छ । नबिलले असारमा ५ दशमलव ७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ ।

ग्लोबल आईएमी बैंकले ब्याजदर घटबढ गरेको छैन । उसले असारमा ६ प्रतिशत तोकेकोमा साउनमा पनि यसैलाई कायम गरेको छ ।

अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा उसले ५ दशमलव ७५ ब्याजदर तोकेको थियो । साउनमा पनि यो लागू हुनेछ ।

प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६ दशमलव २५ प्रतिशत दिँदै आएकोमा साउनमा ६ प्रतिशत कायम गरेको छ ।

कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ । कुमारी बैंकले असारमा ५ दशमलव ७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा अब साउनमा ५ दशमलव ४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंकले असारमा ६ दशमलव ३३ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा साउनका लागि घटाएर ६ दशमलव १८ प्रतिशतमा झारेको छ । अर्को ठूलो बैंक हिमालयन बैंकले असारमा ५ दशमलव ५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंकले असारका लागि ५ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनका लागि घटाएर ५ दशमलव ३५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

इन्भेस्टमेन्ट मेगा बैंकले पनि असारको तुलनामा घटाएको छ । असारमा उसले मुद्दती निक्षेपमा ५ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनमा घटाएर ५ दशमलव २५ प्रतिशत निर्धारण गरेको छ ।

एनएमबी बैंकले असारमा ६ प्रतिशत ब्याजदर दिएकोमा साउनमा समेत यही नै कायम गरेको छ । सिटिजन्स बैंकले ५ दशमलव ६५ प्रतिशत ब्याज असारमा दिएकोमा घटाएर साउनमा ५ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेको छ ।राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आउँदा दिनमा अझै ब्याजदर घट्ने देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार