काठमाडौँ : नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ।
वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन्। पाकिस्तान चौथो स्थानमा उक्लिएको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो। श्रीलङ्का भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ।
बङ्गलादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ। वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ। अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन्।




प्रतिक्रिया दिनुहोस्