आजदेखि आईपीएल शुरू हुँदै

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ।

कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।

khadya

यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । १८औं संस्करणको आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार