विद्यार्थीको पढाई बिग्रने भन्दै एसईई अवधिभर दुर्गेश थापा कुनै कार्यक्रममा नजाने

काठमाडौं : पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाले माध्यामिक शिक्षा परीक्षा (एसईई) अवधिभर कुनै कार्यक्रममा नजाने घोषणा गरेका छन् ।

भोलिबाट यस वर्षको एसईई परीक्षा सुरु हुँदैछ । यसअवधिमा आफू कार्यक्रममा जाँदा एसईईको परीक्षा दिने विद्यार्थीहरुको पढाईमा असर पर्ने भन्दै आफू कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका हुन् ।

SHIKHAR COOL TECH

‘एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडि हो । केवल मनोरञ्जनमा मात्र होइन उज्जल भविष्यका लागि पनि म सधैँ हजुरहरुकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कल आइरहेको छ तर यदी म कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइमा डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ,’ उनले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘यी कुराहरुलाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु । साथै एसईई अवधिभर सञ्चालन हुने कार्यक्रमका लागि सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधाप्रति क्षमा चाहान्छु ।’

उनले सबैलाई इमान्दारिताको साथ परीक्षा दिँदै आफ्नो उज्वल भविष्य सुनिश्चित गर्न समेत परीक्षार्थीलाई आग्रह गरेका छन् ।

पछिल्लो समय मेला महोत्सवहरुमा दुर्गेशको व्यवस्ता बढिरहेको छ । उनको गीतले माहोल तताउने भन्दै आयोजकहरुले समेत उनलाई महंगो तितेर लगिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार