धनगढी । धनगढीको बेहडी-तारानगर जोड्ने पुल मर्मत गरिएको छ ।
उक्त क्षेत्रमा रहेको काठे पुल जीर्ण हुँदा स्थानीयलाई आवतजावत गर्नै सास्ती भएको खबर कल २४ न्यूजले सार्वजनिक गरेपछि २४ घण्टामै पुल मर्मत गरिएको हो ।
पैदल यात्रा गर्नै मुस्किल हुने उक्त पुल तत्कालका लागि साइकल तथा मोटरसाइकल सहजै आवतजावत गर्न सकिनेगरी मर्मत गरिएको वडा सदस्य माया कुमारी भण्डारीले जानकारी दिएकी छिन् ।
साउँदका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को बेहडी र तारानगर जोड्ने उक्त पुलमार्फत विगतमा हिँडडुल गर्न असहज हुने गरेको थियो । तर हाल भने उक्त पुलबाट सहजै आवतजावत गर्न सकिनेगरी मर्मत गरिएको भण्डारीले बताएकी छिन् ।
पुलको दीर्घकालीन समस्या समाधानका लागि आवश्यक इस्टिमेट तयार गरेर उपमहानगरपालिकामा पठाएको पनि भण्डारीको भनाई छ । उपमहानगरपालिकाले बजेट उपलब्ध गराएको खण्डमा आगामी वर्ष पक्की पुल निर्माण गरिने बताइएको छ ।
प्रतिक्रिया दनुहोस्