अपराधी पक्रन गएका इन्सपेक्टरलाई स्थानीयले कुटेर मारे

काठमाडौ‌ : भारतको बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षकलाई स्थानीयले कुटेर मारेका छन्। 

अपराधी पक्रिन दुई दिनअघि सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ललाई स्थानीयले कुटेर मारेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। 

Seti Hospital

फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन्।  उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो। तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाएका थिए। 

अपराधी बचाउने क्रममा इन्स्पेक्टर मल्लसँग गाउँलेको झडप भएको र उनलाई भीडले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार