सुर्खेतबाट तीर्थयात्री बोकेर कुम्भ मेला जाँदै गरेको बस  दुर्घटना, ४० जना तीर्थयात्री घाइते

काठमाडौँ : सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। 

भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार