शंका-उपशंका गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं : शंका-उपशंका गरेको भन्दै एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । सम्बन्धविच्छेदको मुद्दा गरेकी छन् ।विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

Seti Hospital

कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव भइरहन्थ्यो, फिराद पत्रमा चौहानले लेखेकी छन्, । त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।

उनले विपक्षीलाई अदालतमा झिकाइ प्रमाण बुझेर सम्बन्धविच्छेद गराइदिन माग गरेकी छन् । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।​एलिनाका पति अस्ट्रेलियामा बस्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार