प्रधानमन्त्री कप टी–२० : उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ खेल्दै !

धनगढी : धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन्। खेल बिहान १० बजे शुरू हुनेछ।

हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो। त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो। यही माघ १ गतेदेखि शुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो।

Seti Hospital

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५–२५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार