सिड्नीमा नेपाली नर्स दीक्षाको शंकास्पद मृत्यु, इमर्जेन्सी सर्भिसमा गएको थियो फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो ।

सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ठूलो आवाजसहित भनाभन भएको सुनिएको डेली मेलको समाचारमा उल्लेख छ ।

khadya

प्रहरीले दीक्षाको मृत्यु भएको घटनामा प्रारम्भीक अनुसन्धानका लागि उनका श्रीमान् ४० वर्षीय रविन्द्र सुवेदीलाई पक्राउ गरेर सोधपुछपछि छाडेको छ । दीक्षा अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । केही वर्ष अगाडि दीक्षा र रविन्द्रबीच विवाह भएको थियो ।

उनीहरूको आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको डेली मेलको समाचारमा उल्लेख छ । पछिल्लो समय उनीहरू सँगै बस्न छाडेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार