काठमाडौँ । धनगढी उपमहानगरपालिकाले ठाउँठाउँमा सार्वजनिक शौचालय निर्माणको काम तिव्र गतिमा अघि बढाएको छ ।
नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको अभावका कारण नागरिकले भोग्नुपरेको सास्तीलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सार्वजनिक स्थानमा शौचालय निर्माणको कामलाई तिव्रता दिएको हो ।
हाल उपमहानगरपालिकाले चौराह, सार्वजनिक स्थान, सार्वजनिक सरोकारका कार्यालय तथा मुख्य बजार लाइनमा शौचालय निर्माण गरिरहेको छ । विगत लामो समयदेखि सार्वजनिक शौचालयको अभाव झेल्दै आएको भए पनि अहिले आएर आफूहरुको समस्या सम्बोधन हुन लागेको स्थानीयले बताएका छन् ।
धनगढी उपमहानगरपालिकाको नेतृत्व गोपाल हमालले सम्हालेयता धनगढीका जनताले राहतको अनुभुति गर्न थालेको धनगढी बोराडाडी बस्दै आएका कर्ण बलायरले बताएको छन् ।
यता धनगढी उपमहानगरपालिकाका इन्जिनियर ढिजराज भट्टले हाल सम्पदा र भीड हुने क्षेत्रलाई पहिलो प्राथामिकता राखेर शौचालय निर्माणको काम अघि बढाइएको बताएका छन् । उनका अनुसार स्मार्ट सार्वजनिक शौचालयमा सेनिटरी प्याड, प्रर्याप्त पानी र बत्तिको सुविधा हुनेछ । शौचालय महिला, पुरुष र अपागंता भएका व्यक्तिको सहजतालाई ध्यानमा राखेर बनाइने भट्टले बताएका छन् ।
यस्तै, सार्वजनिक शौचालयम, सफाईका लागि पानी, ट्वाइलेट पेपर, स्प्रे, साबुन तथा विद्युतीय हिटरको समेत सुविधा रहने भट्टले बताएका छन् ।
धनगढीमा निर्माणाधीन सार्वजनिक शौचालय निर्माणको काम सकिएपछि नगरबासी, आगन्तुक यात्रु तथा पर्यटकहरुलाई सहज हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्