नयाँ फिल्म ‘सोल्टिनी’मा जोडी बन्दै प्रकाश र परीक्षा

काठमाडौं : ‘रङ्गेली’ निर्देशन गरेका अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ बनाउने भएका छन्। एक भिडिओ सार्वजनिक गर्दैं उनले फिल्म निर्माणको घोषणा गरेका हुन्। 

घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ। फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गर्छ।

यस फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुलाई मुख्य भूमिकामा देखिनेछन्। जहाँ प्रकाशको पात्रको नाम ‘भीमसेन पोखरेल’ हुन्छ। त्यसैगरिऽ परिक्षा भने ‘दिलासा राई’ पात्र बनेकी छिन्। फिल्मभित्र यो जोडीको अन्तर्जातिय कथा रहेको अनुमान लगाउन सकिन्छ। 

चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको छ। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ। 

हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ। यो फिल्म २०८२ सालको असोज ३ गते रिलिज हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार