कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीबाट व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान नम्बर) वितरण थालिएको छ ।
आन्तरिक राजस्व कार्यालयले मात्रै स्थायी लेखा नम्बर प्रदान गर्ने गरेकोमा सोमबारदेखि जिल्ला प्रशासन कार्यालयबाट पनि यो सेवा प्रदान गर्न थालिएको हो ।
प्रशासनले सबैभन्दा पहिले गोदावरी नगरपालिका–१ का ४२ वर्षीय करुणा भट्टलाई सो सेवा प्रदान गरेको सूचना अधिकारी शिवराज जोशीले बताए । अबदेखि जिल्ला प्रशासन कार्यालयबाट पनि स्थायी लेखा नम्बर पाउन सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्