कार दुर्घटनामा परी गम्भीर घाइते भएका फुटबल खेलाडी मार्कोको निधन

काठमाडौं : कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्‍वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ । २२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्‍वेडर फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

मार्को एक उत्कृष्ट खेलाडी मात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एङ्गुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ’, विज्ञप्तिलाई उद्धृत गर्दै स्थानीय मिडियाहरुले लेखेका छन् ।

धनगढी सूचना

उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका उनले सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीबाट ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यसबाहेक २०२० देखि क्लबमा आबद्ध उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए भने यसै वर्ष इक्‍वेडरकै क्लब एलडियू क्‍विटोमा लोनमा अनुबन्ध भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार