प्रदर्शनको दुई साता नबित्दै ‘पूर्ण बहादुरको सारङ्गी’ हिट भइरहँदा फिल्मबाट किन विश्राम लिँदैछन् विजय ?

काठमाडौं : प्रदर्शनको दुई साता नबित्दै फिल्म क्षेत्रमै इतिहास रच्न सफल भएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बराल अहिले चर्चामा छन् । उनको लोकप्रियता ह्वात्तै बढेको छ ।

फिल्मले पाएको अत्यधिक सफलताका कारण विजयको चर्चा चुलिएको हो । उनी रातारात दर्शकको नजरमा हिरो बनेका छन् । प्रायः सहायक कलाकार तथा हास्य अभिनेताको रुपमा फिल्महरुमा देखिँदै आएका विजयले पूर्णबहादुरको सारङ्गीमा भने मुख्य भूमिका निर्वाह गरेका छन् ।

यतिबेला उनको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । यसै क्रममा विजयले केहि समयका लागि भने फिल्मबाट विश्राम लिन लागेका छन् ।

उनले फिल्मबाट विश्राम अन्य कुनै कारणले नभइ नाटकमा काम गर्नका लागि लिन लागेका हुन् । उनी अब छिट्टै नाटक ‘हरि हजुरबा’ मा अभिनय गर्दैछन् । ‘हरि हजुरबा’ लाई अभिनेता नाजिर हुसेनले निर्देशन गर्दैछन् भने नाटकलाई अभिनेता दयाहाग राईले निर्माण गर्ने भएका छन् ।

नाटकको रिहर्सलका लागि विजयले फिल्मबाट केहि समयका लागि छुट्टि लिएका हुन् । नाटकलाई मंसिरको दोस्रो हप्तादेखि पुसको दोस्रो हप्तासम्म मण्डला थिएटरमा हेर्न सकिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार