युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा याङटेन लामाले जिते स्वर्ण

काठमाडौँ : याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

न्युयोर्कको ब्रुकलिनमा नोभेम्बर १० तारिखमा भएको प्रतियोगिताको पुरुष कुमुते १० देखि ११ वर्ष ब्ल्याक वेल्ट एडभान्स क्याटगोरीमा याङटेनले स्वर्ण जितेको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले जनाएको छ ।

उनले फाइनलमा निक स्पेन्सरलाई पराजित गरे । याङटेन च्याम्पियन्स मार्सल आर्ट्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् ।

उनी ११ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता सुनिल लामाको प्रशिक्षणमा छन् । सुनिल क्लबका सञ्चालक पनि हुन् । नेपालमा पनि च्याम्पियन्स मार्सल आर्ट्स क्लब सञ्चालनमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार