काभा यू-२० भलिबल : तुर्कमिनेस्तानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ : श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको नेपाली टिमका मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए ।नेपाल श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटको पराजित भएको थियो ।

dashain shuvakamana
Discovery School

तुर्कमिनेस्तानको पनि ५ खेलबाट नेपाल समान १० अंक नै भएपनि सेट जितेको आधारमा नेपाल फाइनल पुगेको प्रशिक्षक रमेश केसीले जानकारी दिए ।

नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू-२० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भइरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार