बाढीपहिरोबाट ७८ वटा सामुदायिक विद्यालयमा क्षति

काठमाडौँ : गत बिहीबार र शुक्रबारको अविरल वर्षाले  बाढी र पहिरो जाँदा ७८ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो बेलुकासम्म प्राप्त विवरणअनुसार हुम्ला, सुर्खेत लगायत जिल्लाका ३६ वटा विद्यालयमा क्षति पुगेको जनाएको छ।

यसअघिको प्राप्त जानकारीमा ४२ वटा सामुदायिक विद्यालयमा क्षति पुग्दा झण्डै ११ हजार विद्यार्थी प्रभावित भएको उल्लेख थियो। योसँगै बाढीपहिरोबाट क्षति हुने विद्यालयको संख्या ७८ पुगेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता  लक्ष्मीप्रसाद भट्टराईका अनुसार अझै बाढीपहिरोबाट क्षति पुगेको विद्यालयहरूको संख्या बढ्ने देखिएको छ। क्षति पुग्ने विद्यालयको थप विवरण आउने क्रम जारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार