३० वर्षदेखि जुत्ता सिलाउँदै आएका कृष्णबहादुरको पीडा- ‘सडकबाट हटाए कहाँ गएर बाँच्ने हो ?’

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका कृष्णबहादुर सार्की विगत ३० वर्षदेखि जुत्ता सिलाउने पेशामा आबद्ध छन् । 

उनी बिहानै उठ्छन्, घरको दैनिकी गर्छन् र आफ्नो सामान लिएर धनगढीको चौराहमा पुग्छन् । त्यहाँ एउटा बोरा बिछ्याउँछन् र जुत्ता सिलाउन चाहिने सामान फिँजाएर एउटा छाता खोल्छन् र जुत्ता सिलाउन सुरु गर्छन् । सडकको छेवैमा भएकाले उनले आफ्ना धेरै सामान एउटा टिनको बाकसमा राखेका छन् । त्यही बाकसमा उनले विगत ३० वर्षदेखि आफ्नो व्यवसाय सम्हालेर राखेका छन् । 

Dengue

‘मेरो त काम नै जुत्ता सिलाउने हो । विगत २५ ३० वर्षदेखि यही पेशा गर्दै आएका छु, दैनिकी नै यसरी चल्छ’, उनले भने, ‘यति नगरे परिवारको जिविका चल्दैन ।’ 

कृष्णबहादुरका अनुसार उनले जुत्ता सिलाएरै आफ्नो परिवार पालेका मात्र छैनन्, जुत्ता सिलाएरै छोराछोरीको पढाइ खर्च समेत धानेका छन् । ‘जुत्ता सिलाएरै बालबच्चाको पढाइ खर्च निकाल्ने गरेको छु’, उनले भने, ‘पेशा भने पनि, जागिर भने पनि मेरो लागि यही जुत्ता सिलाउने काम नै हो ।’

तर नगरपालिकाले सडकबाट हट्न निर्देशन दिएपछि कृष्णबहादुरसंगै सडकमा जुत्ता सिलाएर गुजारा चलाउँदै आएका अन्यहरु पनि तनावमा छन् । 

‘दिनदिनै नगरप्रहरी आउँछन् र सडक खाली गर्न भन्दै निर्देशन दिएर जान्छन । तर यहाँबाट हटेर हामी कहाँ जाने ?’, कृष्णबहादुरले भने, ‘अरु ठाउँमै व्यवस्थापन गर्दिने हो भने हामी यहाँबाट हट्न तयार छौँ तर व्यवस्थापन नै नगरी त हट्दैनौं ।’  

यस्तै कृष्ण बहादुरले आफुहरुको रोजीरोटी नै जुत्ता सिलाएर चल्ने भन्दै ठाउँको व्यवस्था गरेर मात्र सडकबाट हटाउन आग्रह गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार